आज मेघगर्जन र हुरीबताससहित पानी पर्ने
आज शनिबार देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मौसम बलदीसँगै पानी परेको मौसमविदले बताएका छन् ।
दिउँसो देशभर पश्चिमका केही स्थान र मध्य तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
अहिले पूर्व र मध्य भू–भाग तथा पश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ । यस्तै बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ । पूर्व र मध्यका केही स्थानमा वर्षा भइरहेको छ ।