हेटौंडाका प्राध्यापकले कोरोनाको औषधि बनाइएको दाबी
त्रिभुवन विश्वविद्यालयको हेटौँडास्थित वनक्याम्पसका एक प्राध्यापकले आफूले कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । वन विज्ञान अध्ययन संस्थानमा कार्यरत प्राध्यापक डा. ललितकुमार दासले जडीबुटीहरुको सम्मिश्रणबाट औषधि तयार गरेको दाबी गरेका छन् ।
केमेस्ट्रीका पिएचडी उनले विगत ४ हप्ताको प्रयास र प्रयोगशालामा एन्टीअक्सिडेन्ट एक्टिभिटी र इन्जिमेटिक एक्सन प्लान्टबाट अनुसन्धान गरी कोरोना भाईरस निर्मूलहुने औषधि तयार गरेको दाबी गरेका छन् ।
आफू कार्यरत वन क्याम्पसमा थप परीक्षणका लागि सुविधा नभएकोले सरोकारवाला निकायसँग सहयोगको अपेक्षा गरेका छन् । यसअघि उनले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाएका थिए ।
नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निष्कर्षमा पुग्न सकिने बताईएको छ । डाक्टर दास २२ वर्षदेखि विभिन्न अनुसन्धान गर्दै आएका छन् ।