लियो हेटौडा मुक्तिनाथको नेतृत्व पुनः न्यौपानेले गर्ने, सचिवमा तिमल्सिना
लियो क्लब अफ हेटौडा मुक्तिनाथको नेतृत्व पुनः अस्मिता न्यौपानेले गर्ने भएकी छिन् । क्लबको पहिलो वार्षिक साधारण सभाबाट लायन्स वर्ष २०२०/२१ का लागि पनि न्यौपानेको नेतृत्वमा क्लबको जिम्मेवारी दिइएको छ ।
लायन्स वर्ष २०१४/१५ मा लायन्स क्लबको युवा कार्यक्रम अन्तर्गतको हेटौंडा बजार लियो क्लबको सदस्यका रुपमा लियोको यात्रा सुरु गरेकी न्यौपाने सह–कोषाध्यक्ष हुदै हेटौंडा बजार लियो क्लबको तृतीय उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालेकी थिइन् । लायन्स वर्ष २०१८/१९ मा हेटौंडा बजार लियो क्लबको तृतीय उपाध्यक्षको जिम्मेवारी बहन गरेकी न्यौपानेले २०१९/२० मा सो लियो क्लबको यात्रा टुङ्ग्याइन । तर सोहि वर्ष नै स्थापना भएको लियो क्लब अफ हेटौंडा मुक्तिनाथको संस्थापक अध्यक्षका रुपमा कार्यभार सम्हालेकी हुन् ।
लायनस कलबको विद्यान अनुसार नयाँ लियो क्लब स्थापना भएपछि सो क्लवका सदस्यहरुले पुरा एक वर्ष (३६५ दिन) जिम्मेवारी बहन गनृु पर्ने व्यवस्था रहेको छ । सोहि व्यवस्था अनुसार न्यौपानेले आउँदो वर्ष पनि क्लबको नेतृत्वको जिम्मेवारी जाएकी हुन् ।
सभाले क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष पनि यथावत राखेको छ । क्लबको उपाध्यक्षमा क्रमशः आशिका पौडेल, अभिनाश देवकोटा र लक्ष्मि केसी रहेका छन् भने सचिव, कोषाध्यक्ष, सह–सचिव र सह–कोषाध्यक्ष भने परिवर्तन गरीएको छ ।
क्लबको सचिवको जिम्मेवारी निमेश तिमल्सिनाले पाएका छन् । तिमल्सिना यस अघि सोहि क्लबको संस्थापक सदस्य (टेल टुइस्टर) रहेका थिए ।, कोषाध्यक्षमा सागर गजुरेल, सह–सचिव रबिना पोखरेल, सह–कोषाध्यक्ष बिपना सुवेदीलाई जिम्मेवारी दिइएको छ ।
न्यौपानेले विगत ७ वर्षको लियो क्लबको अनुभवलाई आगामी योजना तथा कार्यक्रमहरुमा प्रयोग गर्ने बताइन् ।