नेपालमा थप १ सय ६६ जनामा देखियो कोरोना संक्रमण

हेटौडा न्युज
१८ जेष्ठ २०७७, आईतवार १६:४७
;

मकवानपुर । नेपालमा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । संक्रमण देखिएका मध्ये १ सय ६२ जना पुरुष र ४ जना महिला रहेको बताइएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ।

नेपालमा हालसम्म संक्रमितमध्ये २ सय २० जना उपचारपछि निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*