हेटौँडाका २७ परिवारलाई नेपाल परिवार दल मकवानपुरको राहत

हेटौडा न्युज
१९ बैशाख २०७७, शुक्रबार ०३:१६
;

नेपाल परिवार दल मकवानपुर जिल्ला कमिटीले लकडाउनको अवधिमा विपन्न परिवारलाई राहत वितरण गरेको छ । दलले हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० मार्फत् आज राहत वितरण गरेको हो ।

प्रति परिवार १० केजी चामल, एक केजी दाल, एक केजी नुन र आधा लिटर तेलसहितको खाद्यान्न प्याकेट बनाई २७ परिवारलाई वडा अध्यक्ष किताप सिं लामासमेतको सहभागितामा वितरण गरिएको दलका जिल्ला सचिव हरीबहादुर लोप्चनले जानकारी दिए ।

वितरणमा दलका जिल्ला अध्यक्ष सानु मुक्तान, बरिष्ठ उपाध्यक्ष एवम् महिला नेतृ माया देवी ढकाल, उपाध्यक्ष लोकेन्द्र सुर्खेती, सचिव हरीबहादुर लोप्चन, सदस्य प्रकाश ढकाल लगायत उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*