सेनिटाईजिङ टनेल बन्द गरिनेः मन्त्री जमरकट्टेल

हेटौडा न्युज
२३ बैशाख २०७७, मंगलवार १८:४६
;

बागमती प्रदेशका आन्तरिक मामिला कानुन मन्त्री शालिकराम जमरकट्टेलले मानिसका लागि हाल सञ्चालनमा आएका सेनिटाइजिङ टनेलहरु प्रयोगम रोक लगाईने बताएका छन् । हाल प्रयोगमा आएका सेनिटाइजिङ टनेलमा प्रयोग भएका किटनाशक औषधिले मानिसको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर गर्ने देखिएकाले आवश्यक छलफल पछि यसको प्रयोगमा रोक लगाईने बताएका हुन् ।

एक टेलिभिजनका लागि दिएको अन्तर्वार्ताको क्रममा उनले सेनिटाइजिङ टनेलबाट सवारी साधनहरु सेनिटाइज गर्न केही उपर्युक्त देखिएपनि मनिसमा प्रयोग गर्न छलफल गरि रोक लगाउने बताएका छन् ।

सबै मानिसहरुले चश्मा, मास्क, पञ्जा, पीपीई नलगाउने भएकाले त्यसरी राखिएका टनेलमा कीटनाशक औषधिहरु पानीको फोहोरा मार्फत शरीरमा लाग्दा त्यसबाट श्वासप्रश्वास, दम तथा मुटुमा गम्भीर असरको सम्भावना देखिएकाले बन्द गर्ने बताएका छन् । 
विभिन्न स्वास्थ्यविज्ञको सुझाव अनुसार हिजो सोमबारको प्रेस ब्रीफिङ्ग मार्फत स्वास्थ्य मन्त्रालयले प्रयोगमा आएका सेनिटाइजिङ टनेल प्रयोग नगर्न आग्रह गरिसकेको छ ।

हाल मकवानपुर जिल्लामा रातोमाटे चेक पोष्ट, जिल्ला प्रहरी कार्यालय, हेटौंडा उपमहानगरपालिका, हेटौंडा अस्पताहरुमा यस्ता सेनिटाईजिङ टनेलहरु सञ्चालनमा आएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*