जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द
हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार २१:३८
आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको उक्त बैठकले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।