भोली सार्वजनिक बिदा

२४ बैशाख २०७७, बुधबार २२:२०
सरकारले भोली बिहिबार सार्वजनिक विदा दिने भएकोे छ । बिहिबार बुद्ध जयन्तिको अवसरमा देशभर लागु हुने गरी सार्वजनिक विदा दिइएको हो ।
बुधबार गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले एक सुचना जारी गर्दै सार्वजनिक बिदा बारे जानकारी दिएको हो ।
भोली वैशाख पूर्णिमा–चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।