जापानमा कोरोना विरुद्धको औषधि परीक्षण हुँदै

हेटौडा न्युज
२५ बैशाख २०७७, बिहीबार २२:४५
;

जापान सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएकामा पहिलोपटक औषधि परीक्षण गर्ने भएको छ । यसका लागि जापानले रेमडेसिभियर नामको औषधि परीक्षणको अनुमति दिन लागेको हो । जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोका अनुसार कोरोना लागेका व्यक्तिमा रेमडिसिभियर औषधि मानिसमा परीक्षण गर्न अनुमति दिइने बताएका छन् ।

हाल सो औषधि इबोला भाईरस विरुद्ध प्रयोग हुँदै आएको छ । इबोला भाइरसविरुद्ध प्रयोग हुने रेमडेसिभियर कोरोनाको लागि १ सय प्रतिशत ठिक नभएपनि अन्य औषधिको तुलनामा यसले राम्रो काम गरिरहेको बताईएको छ ।

कोरोना महामारीको समयमा अन्य औषधि नभईरहेको सन्दर्भमा रेमडिसिभियर औषधि नै प्रभावकारी भएको जनाईएको छ । 

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्धको खोप विकासको क्रममा रहेको बताएको छ । रेमडिसिभियर अमेरिका, चीन लगायतका देशले केही साता अघिबाट प्रयोग गरिसकेका छन् ।एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*