घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या 

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार १४:२६
;

चितवनमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घरायसी विवादका कारण अधिकारीले कान्छी श्रीमतीको हत्या गरेका हुन् । 

उनले राति पौने १० बजे घरायसी विवादपछि श्रीमती मञ्जुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालमलमममेम जनाएको छ ।  प्रहरीले अभियुक्तलाई राति नै नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*