लाखौं कोरोना संक्रमित वृद्धिदर भएका देश र नेपालको वृद्धिदर उस्तै

कोरोना भाईरसले पछिल्लो समय विश्वलाई नै चुनौति दिईरहेको छ । कोरोना भाईरस संक्रमितको संख्या दिनानुदिन बढ्दो छ र नेपाल समेत यस भाईरसबाट आक्रान्त रहेको छ । संक्रमित बढी रहेका देशको हालको नेपालको वृद्धिदरको अवस्था, वृद्धिहुने समय मिल्दोजुल्दो देखिएकाले नेपालमा यसको भयावह हुने आकलन गरिन थालिएको छ ।
लाखौ संक्रमित भएका देशमा जस्तै पहिलो संक्रमण देखिएको निक्कै समयपछि दोश्रो संक्रमित फेला परेको थियो, भने, १ सयजना संख्या पुगेपछि संक्रमितको संख्याको वृद्धिदर बढी प्रभावित देशको जस्तै नेपालका पनि सोही वृद्धिदर देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि १ सय जना नाघेपछि जोखिमको मात्रा उच्च हुने समेत जनाईसकेको छ ।
नेपालमा माघ ९ मा पहिलो पटक चीनबाट आएका व्यक्तिमा संक्रमण देखिएको थियो भने, दोश्रो व्यक्तिमा संक्रमण देखिन करीब २ महिना लागेको थियो । तर करीब १ महिना पछि नै त्यो दर बढेर ३४ पुगेको थियो । संक्रमितको संख्या १ सय पुग्न मात्रै ११ दिन लागेको थियो । पछि संक्रमितको संख्याको वृद्धिदर उच्च भएर एकैदिन २ सय १७ जना पुगेको थियो ।
विश्वमा लाखौं कोरोना संक्रमित भएका देशमा समेत पहिलो चरण यही अवस्था रहेकाले नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको विश्लेषकहरुको भनाई रहेको छ ।