आजको मौसमको पूर्वानुमानः चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना 

हेटौडा न्युज
३ जेष्ठ २०७७, शनिबार १३:४८
;

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र बाँकी भागमा सामान्यतया मौसम सफा रहेको समेत जनाएको छ । 
 
यस्तै, महाशाखाले दिउँसो नै पूर्वी  भागका थोरै स्थान, मध्य तथा पश्चिमी पहाडी भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित  वर्षाको सम्भावना रहेको जनाएको छ । 

राति भने  देशको पूर्वी  भागमा सामान्य  बदली,  मध्य तथा पश्चिमी पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, पूर्वी भागका थोरै स्थानहरु, मध्य र पश्चिमी पहाडी  भागका एक÷दुई स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*