थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ९१ पुग्यो

थप १० मा कोरोना संक्रमणको पुष्टि भएकाछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या २ सय ९१ पुगेको छ ।
आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना संक्रमितहरुमा रौतहट राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।