एक औषधि व्यावसायी मृत अवस्थामा फेला 

हेटौडा न्युज
४ जेष्ठ २०७७, आईतवार २०:४१
;

विराटनगरका एक औषधि व्यावसायी मृत अवस्थामा फेला परेका छन् । विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले मृतकको शरीरमा निलडाम भेटिएको जानकारी दिएका छन् । शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको उनले बताएका छन् ।

मृतक दहालको नाक, हात, घाँटी र आँखाको डिलमा चोट देखिएपछि प्रहरीले सोधपुछका लागि श्रीमती र शनिबार रातिसँगै बसेका दुई जनालाई नियन्त्रणमा लिएको छ । दुलालका श्रीमती र ८ वर्षका छोरा छन् ।a

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*