विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि
नेपालमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ९४ पुगेको छ ।
विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको ज्यान गएको छ ।