नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल र आसपासको क्षेत्र सिल
नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल र आसपासको क्षेत्र सिल गरिएको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिमलाई ध्यान दिँदै अस्पतालको सबै सेवा बन्द गरिएको जनाईएको छ ।
अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई क्वारेन्टाइनमा राखिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी एवं कोभिड–१९ कमाण्ड फोर्सका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिएका छन् । उनीसँग सम्पर्कमा आएका बिरामीको पहिचान परीक्षण गर्न कन्ट्याक्ट ट्रेसिङ थालिएका सहायक प्रजिअ श्रेष्ठले बताए ।
धनकुटा अस्पतालमा बहिरङ्ग सेवाको इन्चार्ज रहेकी ३४ वर्षीया ती नर्सलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी अस्पतालको प्रसूति विभागमा काम गर्थिन् ।