कोरोनाले ३ लाख १६ हजारबढी ज्यान लियो, १८ लाख ५८ हजारबढी उपचारपछि निको भए
महामारीको रुपमा फैलिरएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ६ सय ७१ पुगेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सोमबार बिहानसम्म विश्वभरमा संक्रमितको संख्या ४८ लाख १ हजार ८ सय ७५ पुगेको छ ।
यस्तै १८ लाख ५८ हजार १ सय ७० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ९० हजार ९ सय ७८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १५ लाख २७ हजार ६ सय ६४ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ३ लाख ४६ हजार ३ सय ८९ जना निको भइसकेका छन् ।
त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार ९ सय ८ पुगेको छ भने संक्रमितको संख्या २ लाख २५ हजार ४ सय ३५ पुगेको छ । त्यस्तै युकेमा कोरोनाबाट ३४ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख ४३ हजार ६ सय ९५ पुगेको छ । त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २७ हजार ६ सय ५० पुगेको छ भने संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय १९ पुगेको छ ।