मानसरोवर जोड्ने सडक नेपाल प्रतिको हेपाहा कदमः राप्रपा मकवानपुर
राष्ट्रिय प्रजान्तत्र पार्टी मकवानपुरले सिमा अतिक्रमणको विषयलाई अन्तराष्ट्रियकरण गरियोस भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । भारतले नेपालको सीमा मिचेर सडक निर्माण गरेको प्रति राप्रपा मकवानपुरको ध्यानाकर्षण भएको भन्दै तत्काल कुटनितीक पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।
आज सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेर राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी सहितको टोलीले घटनाको घो भत्सर्ना गर्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको हो ।
ज्ञापन पत्र बुझाउदै राप्रपा मकवानपुरका अध्यक्ष अधिकारीले भारत सरकारको यो मिचाहा÷हेपाहा व्यवहार राष्ट्रियता माथिको प्रहार भएको बताए । उनले उक्त आपतिजनक कार्य अबिलम्ब फिर्ता लिन भारत सरकार संग आग्रह गरेका छन् । नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाको निमित्त नेपालीहरु सचेत रहेको बताएका छन् ।
भारत सरकारले नेपालको भुभाग हुँदै मानसरोवर जोड्ने लिपुलेक हुँदै जाने सडक उद्घाटन गरेको घटना प्रति राप्रपा मकवानपुरको ध्यानामकर्षण भएको छ । नेपालको भुभाग अतिक्रमण गरि निर्माण गरेको उक्त कार्यको हामि घोर भत्सर्ना गर्दछौ । भारत सरकारको यो मिचाहा/हेपाहा कदम राष्ट्रियता माथिको प्रहार हो । तसर्थ उक्त आपतिजनक कार्य अबिलम्ब फिर्ता लिन अनुरोध गर्दछौं । नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाको निमित्त नेपालीहरु सचेत छन् । सरकारले अबिलम्ब कुटनितिक पहल गरोस र शशक्त प्रभावकारी कदम चालोस । आवश्यक देखिए यो अत्यन्तै महत्वपुर्ण र संबेदनसिल बिषयलाई अन्तराक्ष्ट्रियकरण गरि अघि बढाइयोस । ज्ञापन पत्रमा लेखिएको छ ।