सरकारलाई कांग्रेसको सात प्रश्नः लापरबाह भएर नागरिकको जीवनप्रति खेलबाड गर्न पाइन्छ?

हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार २१:१५
;

नेपाली कांग्रेसले बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा कोरोनाका कारण युवकको मृत्यु भएको घटनामा सरकारको गम्भीर लापरवाही औँल्याएको छ ।

बाँकेको क्वारेन्टिनमा एक युवकको कोरोनाका कारण भएको मृत्युले केही गम्भीर प्रश्न उब्जाएको भन्दै कांग्रेसले चेतावनी दिएको छ । पार्टीले घटनाबाट शिक्षा लिँदै गम्भीर भएर कार्य गर्न सरकारलाई आग्रह गरेको छ।

ती युवकको आत्माले शान्ति प्राप्त गरोस् भन्ने हाम्रा कामना तब सार्थक हुनेछन् जब उनको मृत्युसँग सम्बन्धित प्रश्नहरुको गहिरो समीक्षा गरेर सरकार आत्मआलोचित हुनेछ र यो घटनापछि कोरोनाविरुद्धको संघर्षमा लड्न युद्धस्तरित व्यवस्थापन गर्ने तयारीमा लाग्ने कांग्रेसले जनाएको छ । 

यस्ता छन् ती युवकको मृत्युपछि कांग्रेसले उठाएका प्रश्न –

१. ती युवकले अघिल्लो दिन देखि नै पटकपटक वान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुंदाहुंदै क्वारेन्टिनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिननै अस्पताल पु¥याउनुपर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?

२. क्वारेन्टिनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन?

३. एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएनरु देशभर नै यो समस्या किन निरन्तर देखिएको छ?

४.आइतबार बिहान ७ बज्नुअघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टिन बनाइएको विद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियोरु अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित व्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?

५. लास उठाउन परिक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने सम्भव भएसम्म चाँडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएनरु विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशालाबीच समन्वय गरेर एउटा मात्रै नमुनालाई प्राथमिकता साथ परिक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पीसीआर उपकरणमा परिक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुँदाहुँदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परीक्षण त्यही ढंगले समयमै गर्ने÷गराउने व्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?

६. नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दा सम्म पनि क्वारेन्टिनको यस्तो अव्यवस्थित स्थिति देखि परिक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभाव देखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्राय धेरै ठाउँमा गम्भीर लापरबाही रहेकोे बिचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ?

७. श्रीमती तथा अबोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केहि चेत आएको छ कि बाँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*