गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ

हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार २१:४७
;

झापामा गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह–४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतार रहेका छन् ।

हिजो राति १० बजे रमेश दर्जीको घरमा ३ जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाउको तथा २ वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेपछि आज बिहान सवा ८ बजे स्थानीयले प्रहरी चौकी माहारानी झोडामा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको खुलेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*