यसरी बन्यो बाँकेको नरैनापुर कोरोनाको हटस्पट 

हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार २२:५५
;

बाँकेको नरैनापुर क्षेत्रमा आज मात्रै ४७ जनामा कारोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नरैनापुर गाउँपालिकाका अनुसार पछिल्लो समयमा भारतबाट आउनेहरुको ताँती नै लागेको थियो । 

भारतबाट यो पालिकामा धेरै जना भित्रिएको गाउँपालिकाले जनाएको छ ।  भारतको महाराष्ट्र लगायत अन्य ठाउँबाट धेरै जना नेपालीहरु धमाधम घर फर्किदा नरैनापुर कोरोनाको हटस्पट बनेको तथ्य सार्वजनिक भएको छ । 

सुरक्ष निकायको ठूलो जनशक्ति नेपालगञ्जको मुख्य नाकामा केन्द्रित छ । तर नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज मानेको कारण धेरै मानिसहरुले यो नाका प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ ।  

बाँके प्रहरीले रातीमा गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति बनाए पनि यो नाका दशगजा  क्षेत्रमा जोडिएकोले प्रहरीलाई समेत काम गर्न असहज भएको बताइएको छ । 

जिल्लाको पूर्वी दक्षिण यो पालिकाबाट ठूलो संख्याका मानिस भारतमा रोजीरोटीका लागि पुग्ने गर्दछन्। प्रायः कारोबार भारतीय बजारमा नै हुन्छ। कोरोनाको शुरुवाती चरणमा नेपालगञ्ज–८ इपिसेन्टर बनेपनि हाल नरैनापुर गाउँपालिका अगाडि आएको छ। 
हिजो आइतबार मात्रै सोहि पालिकाको क्वारेन्टाइनमा नै एक युवकको कारोनाका कारण मृत्यु भएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*