एकै दिन ८० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३ सय ७५
सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपामा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
सोमबरा राति स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नयाँ थपिएका कोरोना संक्रमितमा धनुषाका २ पुरुष, खोटाङ हलेसीका १ पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबीसकोटका १ पुरुष, सुनसरीका १ पुरुष र झापाका १ पुरुष रहेका छन् ।
कर्णाली प्रदेशमै पहिलो परीक्षण पोजेटिभ देखेपछि पुनः परीक्षणको लागि सोमबारै नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि पोजेटिभ देखिएको थियो । क्वारेन्टाइनमा रहेका उनलाई उपचारको लागि दैलेख अस्पताल लगिँदै छ ।
सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा पुनः परीक्षण गरिएको थियो ।
त्यस्तै बाँकेको नरैनापुरमा सोमबार राति थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार दिउँसो १ महिलासहित ४७ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । उनी हलेसी नगरपालिकाका निवासी पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।