विदेशमा रहेका नेपालीलाई तत्कालै ल्याउन सम्भव नहुने
विदेशमा रहेका सबै नेपालीलाई तत्कालै ल्याउन सम्भव नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री ओलीले विदेशमा रहेका ४०÷४५ लाख नेपालीलाई तत्काल ल्याउन सम्भव नहुने बताएका हुन् ।
उनले नेपाल श्रमशक्ति निर्यात गर्ने मुलुकजस्तो अवस्थामा रहँदै आएको र सोही कारण लाखौं युवा विदेशमा रहेको प्रष्ट्याए ।
नेपालबाट अमेरिकाले डेढ सय नागरिक लगेजस्तो, अस्ट्रेलियाले अढाइ सय नागरिक लगेजस्तो, कतारले डेढ सय नागरिक लगेजस्तो नेपाललाई विदेशबाट आफ्ना नागरिकलाई ल्याउन सहज नहुने उनले बताएका छन् ।