मकवानपुरका एक जनासहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ । उनीहरु २७ देखि ४२ वर्षका रहेको डा देवकोटाले जानकारी दिए । ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन् ।
उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्।
नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । ३७ जना उपचारपछि निको भएका छन्।
डा देवकोटाका अनुसार झापाका १ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए।