१५ वर्षीय किशोरीमाथि सामुहिक बलात्कार, बलात्कारपछि अगुवाकै दबाबमा गाउँ निकाला
१५ वर्षीय किशोरीलाई सामूहिक बलात्कारपछि गाँउ निकाला गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा सामुहिक बलात्कारको शिकार भएकी किशोरीलाई अगुवाकै दबाबमा गाउँ निकाला गरिएको हो ।
मोरङको बुढीगंगा गाउँपालिका ७ बडहरा का १५ बर्षीया किशोरीमाथि दुई महिना अगाडि ५ जनाको समूहले सामुहिक बलात्कार गरेको थियो । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुईजनाको समूहले बलात्कार गरेको पीडितको भनाई छ ।
पीडित किशोरीकी आमाले बलात्कारपछि अन्य केटाहरुले राती–राती हाम्रो घरमा आएर जहिल्यै हप्काउने गरेको बताईन् । केटाहरुको आफन्तले गाउँमा बस्न नदिएपछि अहिले इटहरीमा कोठाभाडा गरेर बसेको पीडितकी आमा बताउँछिन् । उनका अनुसार ती किशोरीको पेटमा अहिले दुई महिनाको बच्चा छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामबहादुर ढकालले भने ५ जनाले सामूहिक बलात्कार गरेको भएपनि दुईजना नाबालक भएका कारण अदालतले नै छाडेको जिकिर गरेका छन् ।
उनका अनुसार अहिले दुईजनालाई भने प्रहरीले जबरजस्ती करणीमा मुद्धा चलाइसकेको र गाउँबाट निकाला गरिएको उजुरी गरेमा जो कोही कानुनी कारबाहीको बाटो अबिलम्बन गर्ने बताएका छन् ।