थप  ५ जनामा कोरोनमा संक्रमण पुष्टि 

हेटौडा न्युज
७ जेष्ठ २०७७, बुधबार १३:१३
;

नेपालमा थप  ५ जनामा कोरोनमा संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४ सय ७ पुगेको छ । 

संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवारको सदस्य रहेका छन् । 

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको हो।

यसअघि पनि सोही अस्पतालकी एक जना नर्सलाई संक्रमण देखिएको थियो। त्यसपछि उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*