काठमाडौंमा खटिएका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि


काठमाडौंमा कार्यरत नेपाल प्रहरीको सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको नेपाल प्रहरी उच्च स्रोतले जनाएको छ ।
२ दिनअघि कोरोना परीक्षणका लागि दिएका स्वबमा २ जनामा कोरोना पोजिटिभ देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
मंगलबार बस्न दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९० जना बस्ने गरेका छन् । बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको स्रोतको दाबी छ ।