थप २५ जनामा कोरोना संक्रमण पुष्टि
थप २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संंक्रमितको संख्या ४ सय २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो।
आज थप भएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्। संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मनत्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कपिलवस्तुमा १३, बाँकेमा ६, धनकुटामा ५ र नवलपरासीमा १ जनामा संक्रमण देखिएको जनाएको छ । संक्रमित ३ देखि ४८ वर्ष उमेर समूहका रहेको जनाइएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएका छन्।