कोरोनाले रूप बदलेपछि चिकित्सकहरू चिन्तित

हेटौडा न्युज
७ जेष्ठ २०७७, बुधबार २२:३१
;

कोरोना भाइरसको नयाँ रूप देखेपछि चिनियाँ चिकित्सकहरू चिन्तित भएका छन् । चिनको उत्तरपूर्वी इलाकामा वुहानमा देखिएको संक्रमणभन्दा अहिलेको रूप फरक हुँदा यसलाई निर्मूल पार्ने प्रयास जटिल बनेको संकेत पाइएको छ । 

जिलिन र हेइलोङजियाङमा भेटिएका रोगीहरूमा लामो समयदेखि भाइरसको संक्रमण रहेको र निको हुन पनि बढी समय लागेको चीनका अग्रणी चिकित्सक चिउ हाइबोले सरकारी टेलिभिजनमा बताएका छन् । 

संक्रमण भएको एक वा दुई हप्तापछि लक्षण देखिने गरेकोमा अहिलेको केसमा भने त्यसभन्दा बढी समय लागेको पाइएको छ ।

गत दुई हप्तामा शुलान, जिलिन र शेङयाङ शहरहरूमा यस्ता किसिमका ४६ वटा केस देखिएका छन् । संक्रमणको पुनः देखिन थालेकाले लकडाउनका उपाय पनि कडा बनाइएको छ । उक्त क्षेत्रमा १० करोडभन्दा बढी मानिस बस्छन् । 

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*