५९ जना कोरोना संक्रमित २६ जना अट्ने आइसोलेसनमा 

हेटौडा न्युज
७ जेष्ठ २०७७, बुधबार २२:५८
;

नेपाली सेना र आइएनएफले बाँकेको नरैनापुरको क्वारेन्टाइनमा रहेका ५९ जना कोरोना संक्रमितलाई नेपालगन्ज ल्याएको छ । उनीहरुलाई नेपालगन्जस्थीत खजुरा रोडमा रहेको लायन्स डेन्टल अस्पताल ल्याएको हो । 

उनीहरुलाई नरैनापुरमा आइसोलेसन वार्ड नभएका कारण नेपालगन्ज ल्याइएको हो । जम्मा २६ जनाको क्षमता रहेको उक्त आइसोलेसनमा ५९ जना संक्रमितलाई कोचाकोच गरि राखिएको छ ।

२५ जनालाई लायन्स डेन्टल अस्पतालमा र ३४ जनालाई कोहलपुर पीपरीस्थीत कृषि बिकास बैंकको तालिम केन्द्रमा राख्ने निर्णय भए पनि सबैलाइ डेन्टलमा राखिएको छ । 

नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापा मगरले २३ जनालाई यहाँ राखेर ३६ जनालाई कृषि बिकास बैंकमा पठाइने बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*