पुर्वी क्षेत्रमा दिनभर वर्षाको सम्भावना
बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अम्पुन नामको शक्तिशाली चक्रवातको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको छ । धेरै ठाउँमा आज दिनभर नै मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तर, चक्रवात कमजोर बन्दै गएकाले अब मध्य क्षेत्रको मौसम भने खुल्दै जाने जनाईएको छ ।
अहिले मध्य क्षेत्रको मौसम सामान्य बद्ली भए पनि रातिदेखि बिस्तारै मौसम खुल्ने जाने छ ।