आइसोलेसन बस्नेलाई सास्तीे, विद्यालयको चौरमै शौच

हेटौडा न्युज
८ जेष्ठ २०७७, बिहीबार १७:०७
;

बागमती प्रदेशको राजधानीमा प्रदेश सरकारले निर्माण गरेको आइसोलेसनमा रहेका बिरामीले सास्ती भोग्नु परेको छ । प्रदेश सरकारले निमार्ण गरेको हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित श्रमिक मा.विको आइसोलेसनमा रहेका बिरामीले विद्यालयको चौरमा जस्तापाता बेरेर बनाएको शौचालय प्रयोग गर्दै आएका छन् ।  

प्रदश सरकारले सो विद्यालयमा ३० बेडको आइसोलेसन वार्ड निमार्ण गरी संंचालनमा आएको छ । जसमा यो समाचार तयार पार्दसम्म २१ जना बिरामी रहेको  छन् ।

कोरोना संक्रमणको आशंकामा उनिहरुलाई सो आइसोलेशनमा राख्ने गरेको छ । आइसोलेसनमा रहेका बिरामीहरुले शौचालय व्यवस्थित नभएको गुनासो गरेका छन् । अहिले गर्मीको समय भएकाले सो शौचालय प्रयोग गर्न समस्या भएको बताएका छन् । 

विद्यालयको चौरमा छाना नभएको जस्ता बारेको शौचालय प्रयोग गर्नु पर्दा निकै समस्या भएको बताए । छाना नभएकाले पानी पर्दा शौच गर्न मात्र नभई वरपरको वातावरण समेत दुर्गन्धि हुने उनिहरुको भनाई छ ।  

सो आइसोलेसन वार्डमा ३० वटा आइसामेलेसन वेड, ४ वटा आइसियु संचालनमा रहेको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाँईले बताए ।

उनले हेटौंडा अस्पतालमा रहेको २ वटा भेन्टिलेटरलाई नै प्रयोग गर्दै आएको बताए । उनले भने “भेन्टिलेटर हेटौंडा अस्पतालसंग २ वटा छ, त्यो सजिलै ओसारपसार गर्न मिल्ने भएकोले आवश्यक पर्दा ल्याउन सकिन्छ ।”

बागमती प्रदेश सरकारले सो स्थानमा एक सय वटा आइसोलेसन वेड र १० वटा आइसियु निमार्ण गर्ने बताए पनि हाल ३० वटा आइसोलेसन र ४ वटा आइसियु मात्र व्यवस्थित रुपमा संचालनमा रहेको छ ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*