प्रहरीको मुख्य गेटदेखि पोष्टसम्म चोरको निगरानी

हेटौडा न्युज
८ जेष्ठ २०७७, बिहीबार १९:५४
;

पछिल्लो सातामा चितवनको रत्ननगर र खैरहनीमा आधा दर्जन बढी पसल चोरी भएका छन् ।

गत मंगलबार राति बकुल्हर चोकमा रहेका दुई पसल चोरी भएको घटना सेलाउन नपाउदै मंगलबार राति फेरि सौराहा चोकमा रहेको सगरमाथा मोबाईल पसल चोरी भयो । इलाका प्रहरी कार्यलय टाँडीको गेटमै पर्ने दुई पसलहरु चोरी भएको घटनाको ठिक एक सातामा यो मोबाईल पसल चोरी भएको हो । गत बुधबारको चोरी ईलाका प्रहरी कार्यलयको गेट नजिकै भएको थियो भने मंगलबार रातिको चोरी सौराहा चोकको प्रहरी चेकपोष्ट नजिकै भएको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख डिएसपी रविन कर्कीका अनुसार गत बुधवारको चोरीमा आँफुहरुले मुचुल्का उठाएको भएपनि पीडित पक्षमार्फत कुनै जाहेरी नआएको तर्क गर्छन् । ‘गत बुधबार खासै ठूलो चोरी भएन त्यतिबेला हामीले मुचुल्का उठायौँ, तर उहाँहरुले जाहेरी दिनुभएन,’ डिएसपी कार्कीले भने ।

यता पीडित पक्षले भने आँफूहरुले निबेदन दिएको बताएका छन् । आफ्नो पसलमा रहेको सामान चोरी भएपछि प्रहरी समक्ष आफूले निबेदन दिएको ल्यापटप हाउसका सञ्चालक निरन्जन आचार्य बताउछन् । उनले आफ्नो पसलबाट ६० हजारभन्दा बढीको सामान चोरि भएको भन्दै प्रहरी समक्ष निबेदन दिएका थिए । तर प्रहरी भने कुनै जाहेरी नआएको भन्दै पन्छिन खोजेको छ ।

प्रहरी कार्यलयको सय मिटर दुरी नजिकको पसलमा भएको चोरीको घटनामा प्रहरीले खासै चासो नदेखाएको भएपनि मंगलबार राति भएको मोबाईल पसल चोरीको घटनामा चासो राख्न के गर्ला भन्ने प्रश्न उब्जाएको छ । सौराहा चोकमा रहेको सगरमाथा मोबाईल पसलमा १२ लाखभन्दा बढीको मोबाईल सेटहरु, रिचार्ज कार्ड सहित केहि नगद समेत चोरी भएको थियो ।

सुरक्षाको हिसाबले उक्त मोवाईल पसल रहेको भवनमा दुई जना सुरक्षा गार्ड रहेको भएपनि रातको समयमा भएको चोरी उनिहरुले थाहा नपाएको बताउछन् । मोबाईल पसलका सञ्चालक शंकर पौडेलका अनुसार उक्त चोरीको घटनामा संलग्न भएको व्यक्तिको सिसिटिभी फुटेजका आधारमा प्रहरी समक्ष जानकारी गराईएको छ । सिसिटिभी फुटेजमा मोबाईल पसल चोरीमा संलग्न रहेका एक युवाको अनुहार प्रष्टै देख्न सकिन्छ ।

चितवन प्रहरी समक्ष लकडाउन यता ४ वटा चोरीका घटना पुगेको देखिन्छ । जिल्ला प्रहरी कार्यलयका अनुसार चितवनमा ४ वटा घटना पुगेका छन् । तर यता रत्ननगरमा ५ र खैरहनीमा १ गरि ६ पुगेको देखिन्छ । यसरी रत्ननगको दुई पसल चोरीको सबालमा जाहेरी नपरेको भन्दै उम्कने प्रहरीले केही घटनामा अनुसन्धान अघि बढाएन भन्ने शंका समेत उब्जाएको छ ।

रत्ननगरमा मात्रै ५ वटा पसल चोरी भएका छन् । खैरहनीमा एक पसलमा चोरी र आर्को एकमा भने चोर बिफल भएका थिए । प्रहरीले सामान्य घटना भनेर केही घटनाहरुमा छाड्ने गर्दा अहिले समाजमा संत्रास समेत फैलिएको छ । प्रहरीले सामान्य नभनी पीडितले निबेदन दिएको आारमा अनुसन्धान गरेको भए चोरीका घटना बढ्ने थिएनन् ।

न्युज २४ नेपाल टिभीमा खबर छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*