काठमाडौं उपत्यका प्रवेशमा रोक, सबै नाका सिल गर्न गृहको पत्र

हेटौडा न्युज
८ जेष्ठ २०७७, बिहीबार २०:१५
;

काठमाडौं उपत्यका छिर्ने सबै नाकाहरु सिल गर्न गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको हो ।  

गृहले उपत्यकाका सबै स्थानीय तहलाई गत जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै यस्तो निर्देशन गरेको हो।

""

स्थानीय तहको माग अनुसार उपत्यका छिर्ने नाका बन्द गर्ने गरी गृह मन्त्रालयले पत्र सबै स्थानीय तहलाई पठाएको छ । गृहमन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न निर्देशन दिएको छ । 

पत्रमा लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण पमा रोक्न आग्रह गरिएको छ । त्यस्तो पाइएमा कारवाही समेत गर्ने समेत बताइएको छ ।  

अत्यावश्यक काममा उपत्यका प्रवेश गर्नुपर्ने भएमा उपत्यका प्रवेश पूर्व स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी रिपोर्ट साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने पत्रमा बताइएको छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*