भारतमा रेल गुड्दा, नेपालमा त्रास
भारतले केहीदिन अघि १५ वटा विशेग रेलहरु संचालन गर्ने निर्णय गरेको थियो। यसको प्रभाव नेपालमा समेत प्रत्उेक्ष रुपमा परिरहेको छ ।
भारतले रेल चलाउदा विभिन्न शहरमा फसेका हजारौं मानिस आ–आफ्नो घर त पुगे। तर उक्त रेलमा सवार भएर धेरै मानिसहरुमा कोरोना संक्रमणको जोखिममा समेत परेका छन् । रेल भारतका विभिन्न शहर हुँदै नेपाल भित्रिनेको संख्या पनि बाक्लो छ । सयौं मानिस अझै सीमानाकामा नै छन्।
यसरी संक्रमण बढ्दै गइरहेको बेला रेल सेवा पुन संचालन गरिँदा भारतमा मात्र नभई नेपालमा समेत त्रास उत्पन्न भएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेको बेला भारतले जुन १ देखि थप २ सय वटा रेल संचालन गर्ने निर्णय गरेको छ । यो घोषणासँगै थप संख्यामा नेपालीहरु स्वदेश फेर्कने तयारी गरिका छन् ।
हाल कपिलवस्तु , झापा लगायतका क्षेत्रमा देखिएका अधिकांश नयाँ संक्रमितहरु भारतमा लकडाउन खुकुलो भएको र रेल सेवा संचालन भएपछि स्वदेश फर्किएका हुन् ।
नेपाल सरकारले भने अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अवस्थामा लुकेर र रातको समयमा मानिसहरु नेपाल भित्रिरहेको पाइएको छ। सीमामा पर्याप्त संख्यामा क्वारेन्टाइन नभएको र स्वास्थ्य परीक्षण गर्न पनि समस्या रहेको समयमा हजारौं संख्यामा सीमाबाट नेपालीहरु भित्रिँदा थप समस्या उत्पन्न हुने अनुमान गरिएको छ।
यसरी बिना परीक्षण लुकेर र जवरजस्ती धेरै संख्यामा मानिसहरु नेपाल भित्रिँदा संक्रमण थप फैलिन सक्ने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्।