मन्त्रिपरिषदको बैठक आज बस्दै

९ जेष्ठ २०७७, शुक्रबार १४:२२
मन्त्रिपरिषदको बैठक शुक्रबार बस्ने भएको छ । १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताएका छन् ।
त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने जनाइएको छ ।