नेपालमा थप ३० जना कोरोना संक्रमित थपिए

हेटौडा न्युज
९ जेष्ठ २०७७, शुक्रबार १५:०४
;

नेपालमा थप ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप ३० जनामा कोरोना संक्रमण देखिएमको हो । शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार काठमाण्डू र चितवनमा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको हो।

मनत्रालयका अनुसार नवलपरासीकम ४, कपिलवस्तुका ९, चितवनका २ र सर्लाहिका १५ गरी ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी, सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी, कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिका, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८७ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*