रौतहटमा प्रहरीले १२ राउण्ड गोली चलायो

गएराती रौतहटमा प्रहरीले १२ राउन्ड गोली चलाएको छ ।
सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमका भाइ मेहेताब आलमलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।
गएराती आलमका भाइ मेहेताब आलम सहितका तीन जना पक्राउ गर्न प्रहरी टोली त्यसतर्फ गएको थियो । प्रहरीले आलमका भाईलाई पक्राउ गर्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले १२ राउण्ड गोली चलाउन परेको थियो ।
राजपुर बमकाण्डका अभियुक्त आलमको रौतहटस्थित घरमा प्रहरी खानतलासी गर्न बिहीबार मध्यराति गरेको थियो । प्रहरीले उक्त बमकाण्डका फरार अभियुक्त आलमका भाइलाई पक्राउ गर्न खोज्दा स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।
ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जनाइएको छ ।
स्थानीयले अवरोध गरेपछि आलमका भाइ फरार भएका छन् ।