२५ घण्टासम्म उठेन गुल्मीका कोरोना संक्रमितको शव
कोरोना भाइरसबाट मृत्यु भएका शिक्षकको २५ घण्टा बितिसक्दा पनि शव उठ्न सकेको छैन । परिवारले शव व्यवस्थान गर्न सुरक्षा निकायलाई अनुमति दिन नमान्दा मृतकको शव उठन नसकेको हो ।
गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिया शिक्षकको उपचारको क्रममा बिहीवार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको थियो । मृतकको परिवारले बिरामीमा कोरोना देखिएपछि उपचार नपाएर मृत्यु हुन पुगेको आरोप लगाएको छ । मृतकको शव रूपन्देहीको तिलोत्तमाको क्रिमसन अस्पतालको आइसियुमै छ ।
मृतकका भाई मिनकुमार कुँवरले भने, बिरामी कसैको कोरोना संक्रमितको सम्पर्कमा गएकै छैन । कसरी कोरोना देखियो । अचम्ममा परियो । स्वाव फेरबदल भयो कि भन्ने आशंका पनि हाम्रो छ । अस्पतालबाट बिरामीको सम्पर्कमा रहेका २९ जनाको स्वाव संकलन गरेर लगिएको छ । जसमध्ये १९ जनाको रिर्पोट नेगेटिभ आएको छ । अन्यको १० जनाको रिर्पोट नआउँदासम्म शव उठाउन सकिँदैन ।’
अस्पतालका सञ्चालक सुरज भट्टराईले उपचारमा कुनै लापरवाही नभएको बताएका छन् । उनले चिकित्सक विरामीको अन्तिम अवस्थासम्म पनि उपचारमा खिटिएको दावी गरे ।