मकवानपुरकी एक महिला सहित थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुष, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ कि ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ कि ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।