थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ३ पुग्यो 

हेटौडा न्युज
११ जेष्ठ २०७७, आईतवार २२:१९
;

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  काठमाडौँमा एकसहित १९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो 

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, बाराका १, पर्साका ३, रौतहटका १,सर्लाहीका १, रुपन्देहीका ६,काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तुका ३, र गुल्मीमा १ जना गरी १९ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ । तीमध्ये ८९ जना संक्रमण निको भएर घर फर्किसकेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*