लियो क्लबको समन्वयमा अपाङ्गता भएका व्यक्तिलाई घर

हेटौडा न्युज
१२ जेष्ठ २०७७, सोमबार ०२:४६
;

हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीका एक अपाङ्गलाई घर निर्माण गर्न सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा लियो क्लब अफ हेटौंडा सुर्योदय कृएटिभको समन्वयमा पुर्ण अपाङ्गता भएका व्यक्तिलाई अपांग मैत्रीघर निर्माण गर्न सहयोग गरिने गर्ने भएको क्लबका अध्यक्ष साकार शिवाकोटीले बताए ।

अपाङ्ग दुई कोठे घरको निर्माण कार्य आज एक कार्यक्रमका बीच सुरुवात गरिएको हो ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का नवनिर्वाचित गभर्नर एमजेएफ लायन शम्भु नकर्मीले घरको जगमा पुजा गरेर सुरुवात गरेका हुन् ।

कार्यकममा लायन्स क्लब अफ हेटौंडा सुर्योदयका सस्थापक अध्यक्ष लायन किसोर टन्डन, लायन्स क्लब अफ मकवानपुर डाइमन्डका सस्थापक अध्यक्ष लायन जे.पि. यादव, हेटौंडा उपमहानगरपालिका-१८ वडाका वडा सदस्य श्री तोयानाथ तिमल्सिना लगायतकाको स्थानीयको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*