भरतपुर अस्पतालमा एक बिरामीको मृत्यु
भरतपुर अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आईसीयूमा आइतबार बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बिरामीमा निमोनियाको समस्या देखिएको अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले बताएकमा छन् ।
बिरामीको स्वाब निकालेर कोरोना भाइरस संक्रमण भए नभएको बारे परिक्षण गर्ने तयारी भइरहेको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको शव आईसीयूमा नै रहेको छ ।