थप ६ जनामा कारोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८२ पुग्यो
नेपालमा थप ६ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । यससंगै कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौंमा १ गरी कुल थप ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुष, पर्साका एक १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोकका एक, बाँकेका १ र गुल्मीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।