नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सोमबार थप एक जना मृतकको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत जेठ ४ गते बाराका ७० वर्षीय वृद्धको मृत्यु भएका थियो । उनको स्वनब परिक्षण गर्दा आज कोरोना पुष्टि भएको मन्त्रालयलेृ जनाएको छ । वृद्ध क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण जेठ २ गते अस्पतालमा भर्ना गरिएको र ३ जेठमा स्वाब परीक्षण गरिएको थियो ।
यसअघि तीनजना संक्रमितको मृत्यु भइसकेको छ । उनीहरुमध्ये गुल्मीका ४१ वर्षीय शिक्षकको ८ जेठमा निधन भएको थियो ।
बाँकेको नरैनापुरका पुरुषको ४ जेठमा निधन भएको थियो । सिन्धुपाल्चोककी सुत्केरीको २ जेठको राति निधन भई ३ जेठमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।