गुल्मीमा थपिए २ जना कोरोना संक्रमित

गुल्मीका एक जनप्रतिनिधि सहित थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ जना जनप्रतिनिधि र अर्का एक जना भने भारतबाट आएको व्यक्ति रहेको बताइएको छ ।
गुल्मीका ३६ र ३७ वर्षीय दुई जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेन्द्र गिरिले बताए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनामा कोरोना पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको बताएको छ ।
योसँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।