भीम अस्पतालका २५ जना कोरोना संक्रमित डिस्चार्ज

हेटौडा न्युज
१९ जेष्ठ २०७७, सोमबार १२:०६
;

भैरहवा । भैरहवा स्थित भीम अस्पतालमा उपचारमा रहेका मध्ये १ बालिकासहित २५ जना कोरोना भाइरस (कोभिड १९) संंक्रमित आज बिहान निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमण निको हुनेहरुमा रुपन्देहीका ११ जना, कपिलवस्तुुका ५ जना, लुम्बिनी सा‌ंस्कृतिक नपाका ४ जना, नवलपरासीका ३ जना, भारतीय नागरिक १ जना, सिद्धार्थनगर नपाका १ जना रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भारतको मुम्बईबाट फर्किएका उनीहरुको गत बैशाख ३० गते कोरोना संक्रमणको पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*