जेठ २१ गतेदेखि हेटौंडा बजार खुलाउने तयारी

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले जेठ २१ गते देखि बजार खोलेर व्यवसाय संचालन गर्न अनुमती दिन सरकारसंग माग गरेको छ । संघले आज पत्रकार सम्मेलन गरी सुरक्षका विधि अपनाएर बजार खुलाउन आग्रह गरेको हो ।
संघले लकडाउनको कारण व्यापार व्यवसायहरु धरासयी बनेको भन्दै व्यापार व्यवसाय सञ्चालन गर्न माग गरेको छ । सरकारले व्यवसायीहरुलाई बेवास्ता गरेको भन्दै संघले जेठ २१ गतेबाट बजार खुलाउने तयारी गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
पटक–पटक मकवानपुर प्रशासनलाई व्यवस्थित तवरबाट बजार खुलाउने अनुमति माग गरिए पनि सकारात्मक धारणा नआएले बाध्य भएर २१ गतेबाट बजार खुलाउने तयारी गर्नुपरेको संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताए ।
लकडाउनका कारण हेटौंडाका वस्तुगत लगायतका अन्य व्यवसासीहरु चरम पीडामा रहेको र कतिपय व्यवसायीको दैनिकी समेत दैनिक व्यापारबाट चल्ने भउकोले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बजार खुलाइने संघले जनाएको छ ।
मकवानपुर प्रशासनले हरेक दिन बिहान ९ बजेसम्म अत्यावश्यक वस्तुका पसल खुल्न अनुमति दिएको छ ।