कपिलवस्तुमा थपिए ४७ कोरोना संक्रमित

मकवानपुर । कपिलवस्तुमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले कपिलवस्तुका ४७ जनामा कोरोना संक्रमण देखिएको जनाएको हामे ।
योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुगेको छ ।
देशका विभिनन प्रयोगशालामा गरीएको परिक्षण उनीहरुममा कोरोना संक्रमण देखिएको कार्यालयले जनाएको छ । ४७ जनामध्ये ४० जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र ७ जनाको रिपोर्ट प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट सोमबार आएको हो ।
४० जनामध्ये बुद्धभुमि नगरपालिकाका १० जना पुरुष, शिवराज नगरपालिका (चन्द्रौटा क्षेत्र) का २६ जना पुरुष, महाराजगञ्ज नगरपालिकाका दुई जना पुरुष र बाणगंगा नगरपालिकाका दुईजना महिलामा कोरोना पुष्टि भएको हो । ७ जनाको ठेगाना छुट्ट्याउन बाँकी रहेको बताइएको छ ।