थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमार्फत नेपालमा एकैदिन २ सय २६ जना संक्रमित फेला परेकमो जानकारी दिएका हुन् ।
थपिएका संक्रमितमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ।